अक्षयको नयाँ फिल्म ‘रक्षाबन्धन’, भन्छन ‘यो कथाले हसाउछ र रुवाँउछ’



रंगखबर, काठमाडौँ – सोमबार रक्षाबन्धनको अवसर पारेर अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म घोषणा गरेका छन् । यो फिल्मको नाम ‘रक्षाबन्धन’ हो । उनले आफ्नो करिअरमै ‘रक्षाबन्धन’लाई सबैभन्दा छिटो साइन गरेको फिल्म भनेका छन् ।

आनन्द एल रायले निर्देशन गर्ने फिल्मको फस्टलुक पनि सार्वजनिक गरिएको छ । जहाँ रक्षाबन्धन बाँधेका अक्षयले आफ्नो चार बहिनिहरुलाई अँगालोमा बेरेका छन् ।

इन्स्टाग्राममा फस्टलुक शेयर गर्दै अक्षय लेख्छन ‘जीवनमा यस्तो कमै हुन्छ, जब केहि कथाले तपाईको मन छुन्छन । मेरो करिअरमा यो त्यो फिल्म हो, जुन मैले एकदमै कम समयमा साइन गरेँ । एक कथा जो तपाईलाई हसाउछ र रुवाँउछ । यो फिल्मले तपाईलाई त्यो महसुस गराउनेछ, कि जो मान्छेसँग बहिनि हुन्छन उनीहरु कति भाग्यमानी हुन्छन ।’

 

 

View this post on Instagram

 

Hardly ever in life does one come across a story that touches your heart so deeply and so instantly…it’s the quickest I’ve signed a film in my career. A story that will make you laugh and it will make you cry. And it will make us realise how blessed are those who have sisters. Dedicating this film, #Rakshabandhan to my dear sister, Alka and to the most special bond in the world…that of a brother and sister. It makes me happiest that she is presenting and producing this film along with ace director Anand L Rai. Can’t thank him enough for bringing me one of the most special films of my life. ‪Directed by Aanand L Rai‬ ‪Written by #HimanshuSharma Produced by #ColourYellowProductions @cypplofficial in association with #CapeOfGoodFilms Presented by #AlkaHiranandani & Aanand L Rai, in theatres on 5th November 2021.‬ #SirfBehneDetiHai100PercentReturn

A post shared by Akshay Kumar (@akshaykumar) on

हिमांशु शर्माले लेखेको यो फिल्म २०२१ को नोभेम्बर ५ तारिखमा रिलिज हुनेछ ।

अक्षयका दुई फिल्म ‘सूर्यवंशी’ र ‘लक्ष्मी बम्ब’ रिलिजको तयारीमा छन् । यस्तै ‘पृथ्वीराज’, ‘बेल बटम’, ‘अतरंगी रे’, ‘बच्चन पाण्डे’, निर्देशक फरहाद सामजी र मनिष शर्माको अनटाइटल प्रोजेक्ट छायांकनको पाइपलाइनमा छन् । साथै, उनले निर्मात्री एकता कपूरको एक अनटाइटल सिनेमा गर्ने बचन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्