गायिका गरिमाको यस्तो बन्यो ‘सुरक्षित तीज’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – तीज नजिकिंदै छ । बजारमा थुप्रै तीज गीतहरु सार्वजनिक भैरहेका छन् । त्यसमध्ये अधिकाँस गीतले यो वर्ष कोरोना भाइरस महामारीलाई समेटेका छन् ।

पछिल्लो रिलिज ‘सुरक्षित तीज’ गीतमा कोरोनासँग बचेर घरमै तीज मनाउन आग्रह गरिएको छ । श्याम स्वेत रसाइलीको एरेञ्ज, दयाराम पाण्डेको शब्द र बीबी अनुरागीको संगीत रहेको गीतमा गरिमा ज्ञवालीको स्वर छ ।

राधा ज्ञवालीले निर्माण गरेको गीतले सकारात्मक संदेश प्रवाह गर्छ । समन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, बिनु शाक्य, गुराँस ढकाल र बालकलाकार आयुषी ढकाल फिचर्ड छन् ।

गीतमा ओम मेघा (अमेरिका)को छायांकन र फराज अर्पण (नेपाल)को सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्