केकीले हात झिकेपछि ‘विच्छेद’मा लक्ष्मीको इन्ट्री



रंगखबर, काठमाडौँ – निर्देशक सत्यराज चौलागाईंको फिल्म ‘विच्छेद’बाट अभिनेत्री केकी अधिकारीले हात झिकेको खबर बाहिरिएको छ । उनले फिल्म छोडेपछि अभिनेत्री लक्ष्मी वर्देवा अनुबन्धित भैसकेकी छन् ।

लकडाउन अगाडी नै केहि प्रतिशत छायांकन भैसकेको फिल्मबाट केकीले हात झिकेको खबर भने पाँच महिनापछि मात्र सार्वजनिक भएको हो । एक अनलाइन पोर्टलमा पत्रकार अनिल यादवले लिएको अन्तर्वार्तामा निर्देशक चौलागाईंले यो खबर दिएका हुन् ।

चौलागाईंले ‘बुलबुल’ डेब्यु अभिनेता मुकुन भुषाललाई लिएर केहि समय अगाडी ‘अन्तरे’ घोषणा गरेका थिए । तर, उक्त फिल्मको काम थाँती राख्दै उनले ‘विच्छेद’को काम अगाडी बढाएका थिए । त्यसै अनुरुप केकीले फिल्म साइन गरेकी थिइन् ।

अर्को फिल्म ‘परदेशी २’सँग ‘विच्छेद’को छायांकन सेड्युल जुध्ने भएपछी केकीले फिल्मबाट हात झिकेको चौलागाईंले बताएका छन् । ‘केकी जीले ‘परदेशी २’ भन्दा अगाडी नै हाम्रो फिल्म साइन गर्नु भएको थियो । तर, हाम्रै फिल्म छोड्नु भयो ।’ चौलागाईंले बताए ।

कोरोना महामारीपछिको सहज परिस्थितिमा ‘विच्छेद’ बाँकी छायांकन सुरु हुनेछ । निर्देशकले अघिल्लो फिल्म ‘अन्तरे’ अहिलेलाई पाइपलाइनमा रखिएको बताए । फिल्ममा मुकुन नै लिड हुनेछन ।

यी दुवै फिल्म राज पण्डित र सुवाष चाम्लिङ राईले मिलेर निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्