पर्दामा पहिलो पटक आयुषमान र वाणीको जोडी



अभिनेत्री वाणी कपूर र अभिनेता आयुषमान खुराना नयाँ फिल्ममा अनुबन्धित भएका छन् । ‘केदारनाथ’ निर्देशक अभिषेक कपूरको नयाँ अनटाइटल फिल्ममा यी दुई कलाकार फाइनल भएका हुन् ।

नारीप्रधान फिल्ममा आयुषमानले खेलाडीको भूमिका निर्वाह गर्नेछन् । वाणीको भूमिका भने खुलाइएको छैन । उनि फिल्मकी लिड कलाकार हुनेछिन ।

वाणीले निर्देशक अभिषेक र कलाकार आयुषमानसँग काम गर्न पाउनु आफ्नो भाग्यको कुरा बताएकी छन् । ‘अभिषेकका अघिल्ला फिल्मबाट म प्रभावित थिए । उनिसँग काम गर्न मन थियो । आयुषमानको त कुरै छोडौँ । उनको लोकप्रियताले नै उनको प्रतिभा दर्साउछ । दुवैसँगको साझेदारी मेरो लागि विशेष छ ।’ वाणीले भनेकी छन् ।

गत वर्षको ब्लकबस्टर ‘वार’मा अभिनय गरेकी वाणीले रनवीर कपूरसँग ‘शमशेरा’ र अक्षय कुमारसँग ‘बेल बटम’मा पनि काम गर्दैछिन ।

प्रतिक्रिया दिनुहोस्