अनमोल र उपासनामा देखिएन कोरोना संक्रमण



रंगखबर, काठमाडौँ – कोरोना संक्रमणको जोखिममा परेका कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीको रिपोर्ट नेगेटिभ आएको छ । उपासनाको शुक्रबार र अनमोलको आइतबार नेगेटिभ रिपोर्ट आएको हो ।

केहि दिन अगाडी अनमोल र उपासनाले एक स्कुटरको विज्ञापनका लागि फोटोसुट गराएका थिए । फोटोसुटमा संलग्न एक महिलामा कोरोना संक्रमण देखिएपछि दुवै जना कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । त्यसैअनुरुप दुवैले कोरोना परिक्षणका लागि आफ्नो स्वाब दिएका थिए ।

कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुवै जना ढुक्क भएका छन् । स्वाब दिदा डर लागेको र रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भएको दुवै बताए । विगत केहि दिनदेखि दुवै जनाले परिवार र समुदायसँग दुरी बनाएर होम क्वारेन्टाइनमा बसेका थिए ।

लकडाउनले फिल्मका सम्पूर्ण कामकाज ठप्प भएपछी अनमोल र उपासनाले केहि ब्राण्डहरुको विज्ञापन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्