सुरु भयो आलियाको ‘सडक २’ बहिस्कार गर्ने शिलशिला



रंगखबर, काठमाडौँ – मंगलबार कृष्ण जन्माष्टमीको अवसर पारेर आलिया भट्ट, संजय दत्त र आदित्य रोय कपूर स्टारर फिल्म ‘सडक २’ ट्रेलर रिलिज हुँदैछ । तर, ट्रेलर रिलिज नहुँदै सामाजिक संजालमा फिल्मलाई लिएर विरोध सुरु भएको छ ।

ट्वीटर प्रयोगकर्ताहरु स्टारकिडको फिल्म नहेर्ने भन्दै बहिस्कार पोस्ट गर्न सुरु गरेका छन् । एक प्रयोगकर्ता भन्छन ‘सरी आलिया म तिम्रो फिल्म हेर्ने छैन ।’ अर्का प्रयोगकर्ता लेख्छन ‘जब सडक २ रिलिज हुने खबर पाएँ, तुरुन्त डिज्नी प्लस हटस्टार अनइन्स्टल गरिदिए ।’

सुशान्त सिंह राजपुतको निधन पश्चात केहि दर्शकहरुले स्टारकिडका फिल्म बहिस्कार गर्ने घोषणा गरेका छन् । अभिनेत्री कंगना रनाउतले सुशान्तको आत्महत्याको कारण ‘नेपोटिज्म’ बताएपछि दर्शक तथा फ्यानहरु स्टारकिडलाई बहिस्कार गर्न लागिपरेका छन् ।

‘नेपोटिज्म’को मुद्धा चर्किदै गर्दा अलियासहित निर्देशक करण जोहरलाई सामाजिक संजालमा अनफलो गर्ने ट्रेन्ड चलाइएको थियो । सामाजिक संजालमा थुप्रै गाली आउन थालेपछि आलियाले आफ्नो ट्वीटर अकाउन्टमा कमेन्ट बक्स बन्द गरिदिएकी छन् ।

अर्का एक प्रयोगकर्ता लेख्छन ‘यिनको डर हेर त । अहिलेसम्म कमेन्ट सेक्सन बन्द छ । भारत जागिसक्यो । सडक २ लाई सडकमा ल्याउनुपर्छ ।’

महेश भट्टले निर्देशन गरेको ‘सडक २’मा छोरीहरु आलिया र पूजा भट्टसँगै संजय दत्त, आदित्य रोय कपूर, गुलसन ग्रोवरलगायतका कलाकारको अभिनय छ । यो १९९१ मा रिलिज भएको ‘सडक’को अफिसियल सिक्वेल हो ।

यो फिल्म ओटीटी प्लेटफर्म मार्फत अगस्त २८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्