करीनाको गर्भमा २ महिनाको बच्चा, पिता रणधीरले खुलाए सत्केरी महिना



रंगखबर, काठमाडौँ – अभिनेत्री करीना कपूर खान दोस्रो पटक आमा बन्दैछिन । यो खबरको खुलासा पति सैफ अलि खानले गरेका थिए । सैफ चौथों सन्तानको पिता बन्दैछन् ।

करीना गर्भवती भएपछी नजिकका नातेदार बीच खुसिको माहोल बनेको छ । छोरीको गर्भवती भएको खबरले पिता रणधीर कपूर सबैभन्दा खुसि छन् । दोस्रो पटक हजुरबुवा बन्न पाउँदा रणधीरले मिडियामा केहि खुलासा गरेका छन् ।

उनले करीना आगामी वर्षको मार्चसम्म सुत्केरी हुने खुलासा गरेका हुन् । सामान्यतया ९ महिनाको अवधिमा एक स्वस्थ बच्चाको जन्म हुन्छ । यस हिसाबले करीनाको पेटमा दुई महिनाको बच्चा हुर्किरहेको हुन् सक्छ ।

करीना र सैफबाट २०१६ सालमा छोरा तैमुरको जन्म भएको थियो । यस्तै सैफकी पहिलो पत्नी अमृता सिंहको कोखबाट सारा अलि खान र इब्राहम खान जन्मिएका छन् ।

प्रतिक्रिया दिनुहोस्