पटौदी परिवारमा दोहोरो खुसियाली, करीनाको ‘प्रेग्नेंसी’ र सैफको जन्मदिनको पार्टी



रंगखबर, काठमाडौँ – बलिउड अभिएन्ता सैफ अलि खानले आफ्नो ५० औँ जन्मदिनको केक काटेका छन् । पारिवारिक माहोलका बीच सैफले आफ्नो जन्मदिन मनाएका हुन् ।

उनको जन्मदिनको पार्टीमा पत्नी करीना कपूर, जेठीसासु करिश्मा कपूर, बहिनि सोहा अलि खान, ज्वाँइ कुणाल खेमू, करीनाका साथी अमृता अरोडालगायत पटौदी परिवार उपस्थित थिए ।

केहि दिन अगाडी मात्रै सैफले आफु चौथों पटक पिता बन्न लागेको खुलासा गरेका थिए । जन्मदिन र घरमा नयाँ पाहुना आउने खबरले पार्टीमा दोहोरो सेलेब्रेसन गरिएको थियो ।

करीना र सैफबाट २०१६ सालमा छोरा तैमुरको जन्म भएको थियो । यस्तै सैफकी पहिलो पत्नी अमृता सिंहको कोखबाट सारा अलि खान र इब्राहम खान जन्मिएका छन् ।

प्रतिक्रिया दिनुहोस्