‘दृश्यम’ निर्देशक निशिकान्तको असामयिक निधन



बलिउड निर्देशक निशिकान्त कमतको निधन भएको छ । स्वास्थ्यमा खराबी देखिएपछि उनि केहि दिनदेखि हैदरावादस्थित ‘एसियन इन्स्टिच्युट अफ गैस्ट्रोएन्टेरोलजी’को आइसीयु कक्षमा उपचाररत थिए ।

५० वर्षिया निशिकान्त विगत दुई वर्षदेखि ‘लिभर सिरोसिस’बाट ग्रसित थिए । उनि सन् १९७० मा महाराष्ट्रको दादर भन्ने ठाउँमा जन्मिएका थिए ।

निशिकान्तले २००८ को फिल्म ‘मुम्बई मेरी जान’बाट बलिउडमा निर्देशकीय यात्रा सुरु गरेका थिए । उनले आफ्नो १२ वर्षे करिअरमा ‘फोर्स’, ‘दृश्यम’, ‘रक्की ह्याण्डसम’, ‘मदारी’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

यस्तै उनले ‘रक्की ह्याण्डसम’, ‘ड्याडी’, ‘जुली २’, ‘भावेष जोशी’लगायतका फिल्ममा अभिनयसमेत गरेका छन् । उनले २००६ मा फिल्म ‘डोम्भीवली फास्ट’बाट मराठी तर्फ फिचर फिल्म विधामा राष्ट्रिय अवार्डसमेत जितेका थिए ।

निशिकान्तको अन्तिम निर्देशकीय फिल्म ‘दरबदर’ प्रदर्शनको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्