गायक बानियाँको ‘दिल कमाल भो’मा पल र वर्षाको रोमान्टिक मूड ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक रमेश बानियाँले नयाँ गीत ‘दिल कमाल भो’ सार्वजनिक गरेका छन् । बानियाँकै शब्द र संगीत रहेको गीतको भिडियोमा कलाकार पल शाह र वर्षा राउतले अभिनय गरेका छन् ।

रोमान्टिक मूडको गीतमा पल र वर्षाको रोमान्टिक मूड देख्न सकिन्छ । गीतको एरेञ्ज यम थापाले गरेका हुन् ।

राजीव समरको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र आशिष पौडेलको ड्रेस डिजाइन छ । बिहानी आर्टले यो गीत बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्