नाजिर दुब्लो हुँदा स्वस्तिमा र रियाषासँग नोकझोक ~ भिडियो ~



रंगखबर, काठमाडौँ – कलाकार स्वस्तिमा खड्का, नाजिर हुसेन र रियाषा दाहाल अभिनित म्युजिक भिडियो ‘मुना’ सार्वजनिक भएको छ ।

कमेडी शैलीको गीतमा स्वस्तिमा, नाजिर र रियाषाको नोकझोक प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नाजिर र रियाषा श्रीमान-श्रीमती र स्वस्तिमा सालीको भूमिकामा प्रस्तुत भएका छन् ।

राजेन्द्र भट्ट (मिस्टर आरजे)को संगीत रहेको गीतमा आरजेसँगै राज खम्बु र सुजाता वर्माको आवाज छ । गीतको शब्द रचना नवराज कलौनीले लेखेका हुन् ।

शान थापाको निर्देशन र राजीव समरको कोरियोग्राफी रहेको गीतमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्