आरिफको देशभक्ति ‘कथा’ सार्वजनिक ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक आरिफ राउफले नयाँ गीत ‘कथा’ सार्वजनिक गरेका छन् । बीर गोर्खाली योद्धाको कथा बुनिएको शब्दमा आरिफले संगीत र स्वर भरेका छन् ।

गीतको शब्द रचना मन्जिल श्रेष्ठ र एरेञ्ज रोमी बस्नेतले गरेका हुन् । गीतको एनिमेटेड भिडियोले नेपाल-अंग्रेज युद्धको दृश्य केलाउछ । गीत मार्फत एक छोराले आफ्नो बाबुको देशप्रतिको समर्पण वर्णन गरेका छन् ।

गीतको एनिमेटेड भिडियो क्रियटिभ माकुराले तयार गरेको हो । आरिफले यो गीत आफ्नै युट्युब च्यानल ‘आरिफ राउफ’ मार्फत सार्वजनिक गरेका हुन् ।

‘द भ्वाइस अफ नेपाल – सिजन २’का फाइनलिस्ट आरिफ पछिल्लो समय सांगीतिक दुनियाँमा चम्किदैछन् ।

प्रतिक्रिया दिनुहोस्