बलिउडको ड्रग सेवन मुद्धा: दीपिकासहित पाँच अभिनेत्रीको नाम अगाडी



रंगखबर, काठमाडौँ – सुशान्त केस अन्तर्गतको ड्रग्स एङ्गलमा नार्कोटिक कन्ट्रोल ब्यूरो (एनसीबी) गरेको जाँचमा अभिनेत्री रिया चक्रवर्तीले केहि समय अगाडी २५ बलिउडकर्मीको नाम लिएकी थिइन् ।

एनसीबीको कडा जाँचपछि ड्रग मुद्धामा बलिउडका केहि चर्चित अभिनेत्रीहरुको नाम अगाडी आएको छ । केहि दिन अगाडी अभिनेत्री सारा अलि खान, श्रद्धा कपूर र रकुल प्रीत सिंहको नाम अगाडी आएको थियो ।

मंगलबार अभिनेत्रीद्वय दीपिका पादुकोण र नम्रता सिरोदकरको नाम पनि अगाडी आएको छ । एउटा ‘व्हाट्सएप ग्रुप च्याट’ मार्फत यी अभिनेत्रीहरुको नाम ड्रग एङ्गलमा मुछिएको हो ।

एनसीबीको जाँचमा जया शाहकी म्यानेजर करिश्मासँग गरिएको च्याटबाट दीपिकाको नाम यस मुद्धामा मुछिएको हो । दीपिका करिश्मालाई सोध्छिन, ‘के तिमिसँग माल छ ?’ करिश्मा जवाफ फर्काउछिन ‘छ… तर घरमा । म अहिले बान्द्रामा छु ।’

यो च्याटमा करिश्माले कुनै अमित नामको व्यक्तिको नाम लिदै रिप्लाई गर्छिन, ‘म अमितसँग पठाइदिन सक्छु ।’ दीपिका लेख्छिन, ‘यस प्लिज’

केहि समयपछि फेरि करिश्मा लेख्छिन, ‘अमितले लिएर आउँदैछ ।’ दीपिका प्रश्न गर्छिन, ‘हैश होनी ?’ करिश्मा रिप्लाई दिन्छिन, ‘हैश होइन गाँजा हो ।’

करिश्मा जया शाहकी म्यानेजर हुन । यस्तै जया सुशान्तकी ‘ट्यालेन्ट म्यानेजर’ पनि हुन् । जयासँग मंगलबार एनसीबीले सोधपुछ गरेको थियो ।

यो च्याटमा जोडिएकी अर्की अभिनेत्री नम्रता सिरोदकर हुन् । ९० को दशककी चर्चित अभिनेत्री साउथ सुपरस्टार महेश बाबुकी पत्नीसमेत हुन् ।

ड्रग एङ्गलमा सोमबारै श्रद्धा कपूरको नाम पनि अगाडी आएको थियो । मंगलबार सार्वजनिक ग्रुप च्याटमा श्रद्धाको पनि संलग्नता देखिएको छ । ग्रुपमा एउटा कोडपनि फेला परेको छ । (DNSK) कोडको अर्थ यसरी लगाइएको छ, ‘D’ दीपिका पादुकोण, ‘N’ नम्रता सिरोदकर, ‘S’ श्रद्धा कपूर, र ‘K’ करिश्मा ।’

च्याटबाट श्रद्धा र जया बीचको कुराकानीपनि बाहिर आएको छ । एनसीबीले गरेको चार घण्टा लामो सोधपुछमा जयाले सनसनीपूर्ण खुलासा गरेकी हुन्  । च्याटमा श्रद्धाले जयासँग सीबीडी आयल मागिरहेकी छन् ।

जया: जतिबेला तल आउछौँ । अनि मलाई कल गर
श्रद्धा: म तल आउछु अनि तिमीलाई दिनेछु
जया: हेलो, आज मैले सीबीडी आयल जिंजजसँग पठाउदै छु ।
श्रद्धा: हाय थ्याङ्क यु (यसमा जया स्माइली रियाक्ट गर्छिन)
त्यसपछि श्रद्धा भन्छिन, ‘सुनत… म त्यैपनि ‘SLB’सँग भेट्न चाहन्छु ।’

श्रद्धाले बोलको कोड ‘SLB’ बलिउडको ठुलो नाम हुन सक्ने अनुमान गरिएको छ । उक्त ग्रुप च्याटमा ‘D’ र ‘K’ बाट नाम उठ्ने अन्य दुई अभिनेत्रीको नामपनि जोडिएको छ । तर, उक्त नामबारे खुलासा गरिएको छैन । एनसीबीले बिस्तारै सबैको नाम अगाडी ल्याउनेछ ।

दिल्ली हाइकोर्ट पुगिन रकुल

ड्रग्स मुद्धामा आफ्नो नामपनि मुछिएपछि रकुल प्रीत सिंहले दिल्ली हाइकोर्टमा उजुरी दिएकी छन् । उनले आफ्नो नाम बदनाम गर्न भइरहेको मिडियाबाजी तत्काल रोक्न माग गरेकी छन् ।

सारा र सुशान्तले लिन्थ्ये अत्याधिक मात्रा

सुशान्तकी प्रेमिका रियाले एनसीबीको जाँचमा ‘केदारनाथ’ छायांकनको क्रम सारा र सुशान्तले बढी मात्रा नै ड्रग सेवन गर्ने गरेको दावी गरेकी छन् ।

उनले सारासँगै रकुल, श्रद्धा र सिमोन खंबाटाले पनि ड्रग सेवन गर्ने बताएकी थिइन् । सुशान्तको पवाना फार्महाउसमा आयोजना हुने पार्टीमा ड्रग र अल्कोहल बढी मात्रामा प्रयोग हुन्थ्यो । एनसीबीले त्यहाँ पुगेर गरेको जाँचबाट रियाले लिएका नामहरु अक्सर उक्त फार्महाउसमा मनोरंजनका लागि पुग्ने गरेको खुलासा भएको थियो ।

आजतकबाट 

प्रतिक्रिया दिनुहोस्