टिकटक स्टार सुमी मानन्धर ~ फोटो फिचर ~



रंगखबर, काठमाडौँ – टिकटक स्टार सुमी मानन्धरले आफ्नो पहिलो म्युजिक भिडियोको छायांकन सकाएकी छन् ।

मंगलबार ‘गोदावरी बोटानिकल गार्डेन’मा सुमीको पहिलो म्युजिक भिडियो खिचिएको थियो । उनले अभिनेता तथा मोडल नाजिर हुसेनसँग जोडी बाँधेकी छन् ।

उक्त गीतको भिडियो निर्देशन दीपक आचार्यले गरेका छन् । भने, तेञ्जु योञ्जनले कोरियोग्राफीको काम सम्हालेकी छन् । आचार्य निर्देशित गीत ‘छाती चिरेर’लाई अहिले दर्शकबाट जबरजस्त प्रतिक्रिया मिलिरहेको छ । युट्युब ट्रेन्डिङको १२ नम्बरमा उक्लिएको गीतमा प्रमोद खरेल र ऋचा शर्माले अभिनय गरेका छन् ।

सुमीका केहि तस्विरहरु 

तस्विर: प्रकाश ढकाल

प्रतिक्रिया दिनुहोस्