‘लक्ष्मीपूजा’ टिजर: दोहोरो भूमिकामा जाहान्वीको भयानक रुप



रंगखबर, काठमाडौँ – कोरोना महामारीका कारण गत चैतदेखि नेपालभरका फिल्म हल बन्द छन् । लकडाउन खुकुलो भएसँगै सरकारले बिभिन्न क्षेत्रको कामकाज सुचारु गरिसकेको छ । तर, फिल्म हल कहिले खुल्ने टुंगो छैन ।

दशैँको अवसरमा सरकारले फिल्म हल खोल्ने आशा फिल्मकर्मीमा छ । दशैँमा हल खुलेको खण्डमा केहि फिल्म रिलिज हुन सक्छन । यसै बीच दशैँ रिलिजको पालो कुरिरहेको फिल्म ‘लक्ष्मीपूजा’ले रिलिज डेट तोक्दै टिजर सार्वजनिक गरेको छ । हल नखुलेपनि यो फिल्म कार्तिक ७ गतेदेखि डिसहोममा प्रदर्शन हुनेछ ।

सस्पेन्स, थ्रिलर जनराको फिल्मको कथाले बदलाको भाव बोकेको छ । टिजरमा मुख्य कलाकार जाहान्वी बस्नेतको दोहोरो रुप देख्न सकिन्छ । उनको दोहोरो भूमिकाको नाम ‘लक्ष्मीपूजा’ राखिएको छ ।

समिर मियाँले लेखन र निर्देशन गरेको फिल्ममा जाहान्वीका अलावा जयकिशन बस्नेत, अस्मिता जुरेली, निर शाहलगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्ममा कलाकारद्वय सलोन बस्नेत र रियशा दाहालको अतिथि भूमिका छ ।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको संवाद, रामजी लामिछानेको कोरियोग्राफी, जयकुमार दर्लामीको छायांकन र गौतमराज खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्