तमन्नालाई पनि कोरोना संक्रमण पुष्टि



भारतीय अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि भएको छ । हैदराबादमा वेव सिरिज छायांकन गरिरहेका क्रममा तमन्नालाई कोभिड-१९ पुष्टि भएको हो ।

उनलाई कोभिड-१९ को सामान्य लक्षण देखिएको थियो । त्यसपछि उनले कोरोना टेस्ट गराएकी थिइन् । उनको रिपोर्ट पोजेटिभ आयो ।

पोजेटिभ रिपोर्टपछि तमन्ना हैदराबादस्थित एक निजी अस्पतालमा भर्ना भएकी छन् । दर्शक तथा प्रशंसकले उनको स्वास्थ्य लाभको लागि कामना गरिरहेका छन् ।

गत अगस्तमा तमन्नाको माता-पितालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्