हरिवंश र पत्नी रमिलालाई कोरोना संक्रमण



वरिष्ठ कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनिसँगै पत्नी रमिला आचार्यलाई पनि संक्रमण देखिएको हरिवंशले जानकारी दिएका छन ।

उनले आफुहरुमा सामान्य लक्षण देखिएको पनि बताएका छन । छिट्टै संक्रमण मुक्त हुने आशा व्यक्त गर्दै हरिवंशले सम्पूर्णमा जनस्वास्थ्य मापदण्ड अबलम्बन गर्न आग्रह गरेका छन ।

हरिवंशको स्टाटस:

 

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि…

Posted by Hari Bansha Acharya on Tuesday, October 6, 2020

संक्रमणको खबर पाएपछि हरिवंश दम्पतिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै फिल्मकर्मी र दर्शकले प्रार्थना गरेका छन् ।

स्रोतका अनुसार हरिवंश यतिबेला आफ्नो आगामी फिल्म ‘हु.तु.तु’को स्क्रिप्ट लेखनमा व्यस्त थिए । सन्तोष सेनको निर्माण एवं निर्देशन रहने फिल्म अहिले प्रिप्रोडक्सनमा व्यस्त छ । हरिवंशमा संक्रमण देखिएपछि अहिले ‘हु.तु.तु’ टिम नै होम आइसोलेशनमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस्