पल, पूजा र आकाशको ‘काले केटा २’ रिलिज ~ भिडियो ~



रंगखबर, काठमाडौँ – पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड गीत ‘काले केटा २’ सार्वजनिक गरिएको छ । यो गीतमा पहिलो पटक पल, पूजा र आकाशले जोडी बाँधेका हुन् ।

अर्जुन पोखरेलको संगीत, प्रताप दास/दुर्गा खरेलको स्वर र ध्रुव प्रसाद अमगाई शब्द शृजना रहेको गीतको भिडियो निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

उत्सव दाहालले खिचेको म्युजिक भिडियोमा बिकाश दाहालको सम्पादन छ । भिडियोमा शंकर शाही ठकुरीको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्