आर्यन, आँचल र रेविकाको ‘दशैँ तिहार’ गीत रिलिज ~ भिडियो ~



रंगखबर, काठमाडौँ – कलाकारद्वय आर्यन सिग्देल, आँचल शर्मा र रेविका गुरुङ फिचर्ड पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशित ‘दशैँ तिहार’ बोलको म्युजिक भिडियोले विदेशमा रहेका नेपालीको घर सम्झनालाई कथा बनाएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको म्युजिक भिडियोमा आर्यन, आँचल र रेविकासँगै गायक सुजन टिगेला लिम्बु र क्षितिज सुवेदीले पनि कम्मर मर्काएका छन् ।

सुजनकै शब्द र संगीत रहेको गीतमा मेलिना राईले पनि आवाज दिएकी छन् । सुदिप बरालले खिचेको भिडियोमा सन्देश शाहको सम्पादन छ ।

तस्विर: आशिष ओली 

प्रतिक्रिया दिनुहोस्