‘द ससुरो’ फस्टलुक रिलिज, वर्षौपछि अभिनयमा नारायण त्रिपाठी



रंगखबर, काठमाडौँ – हास्य कलाकार नारायण त्रिपाठी अभिनित शर्ट फिल्म ‘द ससुरो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यसै फिल्म मार्फत कलाकार त्रिपाठी लामो समयपछि अभिनयमा फर्किएका छन् ।

उनको यो फिल्म दर्शकले दशैँमा हेर्न पाउने छन् । फस्टलुकमा हामि त्रिपाठीको हास्य रुप देख्न सक्छौँ ।

‘छोरीसँग दशैँ मनाउन अमेरिका गएका बाबुले जब त्यहाँ छोरी कसैसँग लिभिङ टुगेदरमा बसेको थाहा पाउँछन् । त्यसपछि कथाले लय समात्छ’ फिल्मका निर्देशक सुबोध थापाले कथासार सुनाए । फिल्ममा सुबोधको अभिनयसहित लेखन पनि रहेको छ ।

मज्जाको इन्टरटेनमेन्ट प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा त्रिपाठी र सुबोधसँगै सुबोध मोक्तान, अलिशा ढकाललगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्