नेपालका पहिलो छायांकार बैकुण्ठमान मास्केको कोरोनाको कारण निधन



रंगखबर, काठमाडौँ – कोरोना संक्रमणले नेपाली फिल्म क्षेत्रबाट पहिलो मृत्यु भएको थियो । शुक्रबार नेपालका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको हो ।

लामो समयदेखि मृगौलासम्बन्धि रोगबाट ग्रसित मास्केलाई आइतबार संक्रमण पुष्टि भएको थियो । लगतै उनलाई निदान अस्पताल रिफर गरिएको थियो । ८३ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको चलचित्र पत्रकार संघ, नेपालका महासचिव समीर बलामीले पुष्टि गरे ।

मास्केले लामो समयदेखि बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा मृगौलाको उपचार गराइरहेका थिए ।

२०२१ सालमा भारतको पुणास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज फिल्म ‘परिवर्तन’बाट छायांकन यात्रा थालनी गरेका थिए । उनि फिचर फिल्म खिच्ने पहिलो छायांकार थिए ।

मास्केले ‘मनको बाँध’, ‘पच्चीस बसन्त’लगायत २ दर्जन बढी फिल्म खिचेका छन् । उनका एक श्रीमती र एक छोरी छन् ।

मास्केको पार्थिव शरीरको शुक्रबारै पशुपतिको विद्युतीय शवदाह​ गृहमा अन्तेष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्