‘एक तर्फी माया’मा श्वेता ~ भिडियो ~



रंगखबर, काठमाडौँ – कोरोना महामारीका कारण हल बन्द हुँदा नेपाली फिल्मको कामकाज ठप्प छ । त्यसैले फिल्ममा व्यस्त हुने कलाकारहरु पछिल्लो समय म्युजिक भिडियो तर्फ केन्द्रित भएका छन् ।

राजेश हमाल, प्रदीप खड्का, पूजा शर्मा, आर्यन सिग्देललगायतका फिल्मबाट चम्किएका कलाकारहरुले पनि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । अब यो सुचीमा अभिनेत्री श्वेता खड्काको नाम पनि समावेश भएको छ ।

श्वेता अभिनित म्युजिक भिडियो ‘एक तर्फी माया’ सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शब्द रचना रहेको गीतमा तीन पात्रको एक तर्फी मायाको पिडा देखाइएको छ । गीतमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड छन् ।

सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा सरना श्रेष्ठको एकल स्वर छ । सरना मदनकृष्णकी सुपुत्री हुन् ।

काया फिल्मस्ले निर्माण गरेको म्युजिक भिडियोको कन्सेप्ट तथा निर्देशन गायिका सरनाले नै गरेकी हुन् । श्वेताले यो म्युजिक भिडियो आफ्नै युट्युब च्यानल ‘क का कि’बाट सार्वजनिक गरेको हुन् ।

गम्भीर बिष्टले कोरियोग्राफी गरेको गीतमा नवराज उप्रेतीको छायांकन, शाहील खान र मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्