‘मायाले मलाई बोलायो’मा स्मिता र सलोनको जोडी ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायिका स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘मायाले मलाई बोलायो’ बोलको गीतमा स्मिताको आवाज र अभिनय छ ।

स्मिताको मायालुको रुपमा अभिनेता सलोन बस्नेत देखिएका छन् । दुईको केमेस्ट्री मज्जाले जमेको छ ।

राजनराज सिवाकोटीको संगीत रहेको गीतमा वर्षौपछि मायालुलाई भेट्दाको उमंगलाई प्रस्तुत गरिएको छ । गीतको शब्द रचनापनि राजनराज कै हो ।

आरजु बैजुले कोरियोग्राफी गरेको म्युजिक भिडियोमा शिशिर खातीको निर्देशन छ । पोखरेली क्षेत्रमा खिचिएको गीतको भिडियो कलरफुल बनेको छ ।

सलोनको आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरिएको म्युजिक भिडियोमा प्रकाश घिमिरे, गौतम धिमाल, सुमिन गुरुङले पनि अभिनय गरेका छन् ।

संकल भुजेलले खिचेको म्युजिक भिडियो बनिश शाहले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्