तेञ्जुको कोरियोग्राफीमा नाजिर र सुमीको ‘लाउँ कि माया’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – मेलिना राई र बिक्रम बरालको आवाजमा ‘लाउँ कि माया’ बोलको गीत सार्वजनिक गरिएको छ ।

प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । 

आफ्नो स्वार्थको लागि महिलाको अपमान गर्नु हुँदैन भन्ने संदेश बोकेको गीतको भिडियो निर्देशन दीपक प्रसाद आचार्यले गरेका छन् । भने, तेञ्जु योञ्जनले कोरियोग्राफीको काम गरेका छन् ।

गीतमा नाजिर हुसेन र सुमी मानन्धर फिचर्ड छन् । दुवैको जोडी सुहाएको छ । गीतमा चन्द्र गुरुङ र सुवास पहारीको शृंगार रहेको छ ।

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको गीत प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्