‘शृजना’को शिर्ष भूमिकामा सबिता



रंगखबर, काठमाडौँ – फिल्म ‘शृजना’ छायांकनमा उत्रिएको छ । माघ १० गते शुभ मुर्हुत गरेर छायांकनमा उत्रिएको फिल्मलाई बाबु थिङले निर्देशन गर्दैछन् ।

सामाजिक कथाबस्तुमा निर्माण भइरहेको फिल्ममा सबिता रेग्मीले शिर्ष भूमिका निर्वाह गरिरहेकी छन् । भने, मुख्य भूमिकामा किशोर खतिवडा छन् ।

सन्ध्या शाहले निर्माण गरिरहेको फिल्ममा सबिता र किशोरका अलावा बिरेन डिसी, पर्खाया बानियाँ, रामचन्द्र अधिकारी, रमेश अधिकारीलगायतका कलाकारहरुले अभिनय गर्दैछन् ।

क्रियसन स्टुडियो प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा बिकास चौधरीको संगीत छ । हेटौडामा सुनिल सिंहले खिचिरहेको फिल्ममा राजु किराँतीको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्