नयाँ वर्षमा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’



रंगखबर, काठमाडौँ – पुष्प खड्का र श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’को रिलिज डेट फाइनल गरिएको छ । दीपक ओली निर्देशित यो फिल्म चैत २७ मा रिलिज हुने पक्का भएको हो ।

नयाँ वर्षको विदामा दर्शक हलसम्म पुग्ने भएकाले निर्माण पक्षले यो वर्षको अन्तिम शुक्रबार रिलिजका लागि छनोट गरेको हो ।

लक्ष्मण सुवेदीले लेखेको यो फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाँईलगायतका कलाकारहरुको अभिनय छ । 

पूर्वी नेपालको पाँचथर, इलाम र झापा जिल्लामा खिचिएको रोमान्टिक फिल्ममा शिब ढकाल/बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । आर आर फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा प्रकाश कार्की र केवल तामाङको लगानी छ । 

प्रतिक्रिया दिनुहोस्