एक गीत थाँती राख्दै ‘आई एम ट्वान्टी वान’को इन्डक्ल्याप



रंगखबर, काठमाडौँ – कोरियोग्राफर हुँदै निर्देशनमा हात हालेकी रेनशा वान्तवा राईको निर्देशनमा दोस्रो फिल्म ‘आई एम ट्वान्टी वन’को छायांकन पुरा भएको छ । एउटा गीतको खिचाई यथावत राख्दै फिल्मको इन्डक्ल्याप गरिएको निर्देशक राईले जानकारी दिइन ।

धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ५५ दिन लगाएर काठमाडौँ, धरान र ललितपुरमा खिचिएको हो ।

नृत्यको कथामा निर्माण गरिएको फिल्ममा प्रज्ज्वल शमशेशर जबराले लगानी गरेका छन् । छायांकन सकिएपछि निर्देशक राईले नेपालमा नृत्यका कथामा फिल्म बनाउन चुनौतिपूर्ण रहेको बताइन ।

उनका अनुसार ‘आई एम ट्वान्टी वान’बाट १२ जना नयाँ अनुहारले नेपाली फिल्ममा डेब्यु गर्दैछन् । ति मध्ये आधाले मात्र सफलता पाएपनि आफु खुसि हुने रेनशाले बताएकी छन् । उनले यो फिल्म दर्शकका लागि नयाँ कोशेली हुने पनि दावी गरिन ।

आइकोर फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा सुशन प्रजापतिको छायांकन, रोहित शाक्यको संगीत र वाइल्ड रिभर्स क्रूको कोरियोग्राफी छ । निर्देशक रेनशाले यसअघि फिल्म ‘इन्टु मिन्टू लण्डनमा’ निर्देशन गरेर चर्चा कमाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्