शाहरुख र सलमान भन्दा रणवीरको ब्राण्ड भ्यालु धेरै, अक्षय दोस्रो नम्बरमा !



रंगखबर, काठमाडौँ – न्यूयोर्कबाट संचालन हुने बहुराष्ट्रिय वित्तीय परामर्श फर्म ‘डफ एण्ड फ्लेप्स’ले उच्च ब्राण्ड भ्यालु भएका टप १० भारतीय सेलेब्रेटिजको नाम सार्वजनिक गरेको छ । सुचीको शिर्ष स्थानमा भारतीय क्रिकेटका कप्तान विराट कोहली छन् ।

विराटले लगातार चौथों पटक यो सुचीको शिर्ष स्थान कब्जा गर्न सफल भएका छन् । उनको ब्राण्ड मुल्यांकन २३७.७ मिलियन अमेरिकी डलर छ । 

सुचीको दोस्रो स्थानमा अभिनेता अक्षय कुमार छन् । उनको ब्राण्ड भ्यालु ११८.९ मिलियन डलर छ । पछिल्लो समय बक्सअफिसमा लगातार सफल फिल्म दिइरहेका कारण अक्षयले दोस्रो स्थान सुरक्षित गरेका हुन् ।

यस्तै सुचीको तेस्रो नम्बरमा अभिनेता रणवीर सिंह छन् । रणवीरको ब्राण्ड भ्यालु १०२.९ मिलियन डलर छ । पछिल्लो समय रणवीरले आफुलाई राम्रोसँग ब्राण्डिङ गरिरहेका छन् ।

‘किङ खान’ शाहरुख खान सुचीको चौथों नम्बरमा छन् । पछिल्लो समय बक्सअफिसमा असफल देखिएका शाहरुखले ५१.१ मिलियन डलर ब्राण्ड भ्यालुका साथ आफुलाई चौथों नम्बरमा पार्न सफल भएका छन् । 

पाँचौं नम्बरमा अभिनेत्री दीपिका पादुकोण छिन । २०१९ को सर्वेक्षणमा ९३.५ मिलियन डलरका साथ दीपिका तेस्रो नम्बरमा थिइन् । तर, कोरोना महामारीको असरले २०२० मा उनको ब्राण्ड भ्यालु ५०.४ मिलियन डलरमा झरेको छ ।

४८ मिलियन ब्राण्ड भ्यालुका साथ सुचीको छैटौँ स्थानमा अभिनेत्री अलिया भट्ट परेकी छन् । भने, सातौँ स्थानमा आयुषमान खुराना छन् । आयुषमानको ब्राण्ड भ्यालु पनि ४८ मिलियन डलर छ ।

बलिउड बक्सअफिसका बादशाह सलमान खान यो सुचीको आठौँ नम्बरमा छन् । २०२० मा उनको ब्राण्ड भ्यालु ४५ मिलियन डलर छ । यस्तै नवौँ नम्बरमा ‘बिग बी’ अमिताभ बच्चन छन् । उनको ब्राण्ड भ्यालु ४४.२ मिलियन डलर छ ।

टप १० को पुछारमा ३९.४ मिलियन डलर ब्राण्ड भ्यालुका साथ अभिनेता ऋतिक रोशन छन् । 

टप २० को रेसमा भने अभिनेता टाइगर श्रोफले १५ औँ स्थान कब्जा गरेका छन् । भने, क्रिकेटर रोहित शर्मा १७ औँ स्थानमा छन् । 

उच्च ब्राण्ड भ्यालु भएका २० सेलेब्रेटिजको सुचीमा अभिनेता कार्तिक आर्यनले पनि डेब्यु गरेका छन् । उनि २० औँ स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्