‘राधे’देखि ‘केजिफ’सम्म, कुन मितिमा रिलिज हुँदैछन् बिग बजेटका फिल्म ?



रंगखबर, काठमाडौँ – कोरोनाको पछिल्लो अवस्थालाई हेरेर भारत सरकारले फेब्रुअरी १ देखि सम्पूर्ण हलहरुलाई शतप्रतिशत अकुपेन्सीका साथ संचालनको अनुमति दियो ।

शतप्रतिशत अकुपेन्सीमा हल संचालन हुने भएपछी बलिउडमा ठुला फिल्मका रिलिज डेट धमाधम घोषणा हुन् थालेका छन् ।

यस, संजय दत्त, रवीना टन्डन स्टारर ‘केजिएफ: च्याप्टर’ले जुलाई १६ लाई रिलिज डेट घोषणा गरेको छ । नेपाली मिति अनुसार यो फिल्म साउन १ गते शुक्रबारदेखि हलमा आउनेछ ।

यस्तै दशैँको छेकोमा बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ पनि रिलिज हुँदैछ । अक्टुबर १३ अर्थात अष्टमीका दिन रिलिज हुने फिल्ममा जुनियर एनटीआर, राम चरण, अलिया भट्ट र अजय देवगणलगायतका कलाकारहरुको अभिनय छ ।

‘आरआरआर’ रिलिजको तेस्रो दिनमा अजय देवगण स्टारर ‘मैदान’ले पनि रिलिज डेट घोषणा गरिसकेको छ । दुई दिनको अन्तरालमा आफ्ना दुई फिल्म रिलिज हुने भएपछी अजयमाथि दबाव बढेको छ ।

तेलुगु फिल्म ‘पुष्पा’ अगस्ट १३ अर्थात नाग पंचमीमा रिलिज हुँदैछ । अल्लु अर्जुन र रश्मिका मन्दना स्टारर फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् ।

सलमान खान स्टारर ‘राधे: योर मोस्ट वान्टेड भाई’ इदको छेकोमा रिलिज हुँदैछ । यो फिल्म बैशाख २९ र ३० गते मध्ये एउटा डेटमा रिलिज हुनेछ । 

‘राधे’मा सलमानका अलावा दिशा पाट्नी, ज्याक्की श्रोफ, रणदीप हुडा, मेघा आकाशलगायतका कलाकारहरुको अभिनय छ ।

आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ले २०२१ को क्रिसमसलाई रिलिज घोषणा गरिसकेको छ । अद्वैत चन्दनले निर्देशन गरेको फिल्ममा आमिरका अलावा करीना कपूर खान, विजय सेतुपतिलगायतका कलाकारहरुको अभिनय छ ।

शाहिद कपूर स्टारर स्पोर्ट ड्रामा ‘जर्सी’ नोभेम्बर ५ मा रिलिज हुनेछ । नेपाली मिति अनुसार यो फिल्म कार्तिक १९ अर्थात गोवर्धन पूजाको दिन रिलिज हुनेछ । फिल्ममा शाहिदका अलावा म्रुनल ठाकुर, पंकज कपूरलगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै अक्षय कुमार र कट्रिना कैफ स्टारर ‘सूर्यवंशी’ अप्रिल २ अर्थात चैत २० मा रिलिज हुने चर्चा छ । ‘सूर्यवंशी’को कारण अक्षयले यहि मितिमा रिलिज हुने भनिएको आफ्नो फिल्म ‘बेल बटम’को रिलिज पोस्टपोन्ड गरिसकेका छन् ।

‘सूर्यवंशी’को रिलिज डेट केहि दिनमा घोषणा गरिदैछ । 

प्रतिक्रिया दिनुहोस्