गोविन्दको निर्देशनमा ‘बिस्तारै बिस्तारै’ रिलिज ~ भिडियो ~



नृत्य निर्देशक गोविन्द राईको निर्देशन रहेको म्यजिक भिडियो ‘बिस्तारै बिस्तारै’ रिलिज गरिएको छ ।

यो गीत गोविन्दले आफ्नै युट्युब च्यानल ‘गोविन्द राई इन्टरटेनमेन्ट’बाट सार्वजनिक गरेका हुन् ।

प्रताप दास र कविता श्रेष्ठको आवाज रहेको गीतमा कलाकार एलिजा गौतम र यशराज गराच फिचर्ड छन् ।

राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत रहेको रोमान्टिक नम्बरमा ज्ञानु सुब्बाको कोरियोग्राफी छ ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन दिपेन बस्नेतले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्