अमृता र प्रदिपको पीपल चौतारी



रंगखबर, काठमाडौँ : प्रदीप बास्तोला र रचना रिमालको स्वरको नेपाली मैलिक काठे भाखाको गीत सार्वजनिक भएको छ । ‘पीपल चौतारी’ बोल रहेको गीतमा शब्द सङ्गीत स्वयम गायक प्रदीप बास्तोलाको रहेको छ । नेपाली मौलिक लोक भाषाको यस गीतमा सङ्गीत समायोजन सन्दीप कार्कीको रहेको छ भने भीषण मानन्धरले यसलाई मिक्सिङ गरेका छन् ।



पारिवारिक कथा बस्तुलाई आधार बनाएर यस गीतको म्युजिक भिडियो समेत बानाइेएको छ ।गम्भीर विष्टको निर्देशन नवीन निरौलाको सम्पादन रहेको यस गीतमा अमृता खनाल शारदा गिरी (काली बुढी ) थाहा स्वयम प्रदीप बास्तोलाको अभिनय भएको उक्त गीत पिक स्टुडियोमा दिनेश राजबहाक र समीर कार्कीले रिकर्ड गरेका हुन । नेपाली मौलिक बाजा र नेपालीपन झल्कने पीपल चौतारी बोलको यो गीतलाई आफ्नै अनलाइनले सार्वजनिक गरेको हो ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्