‘टाढा भएपनि’ले तोड्यो ‘फुलबुट्टे सारी’को रेकर्ड



रंगखबर, काठमाडौँ – अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको गीत ‘टाढा भएपनि’ले युट्युबमा करोड भ्युज बटुलेको छ ।

पल शाह र मलिका महत अभिनित गीतले सार्वजनिक भएको १५ दिन रेकर्ड राख्दै करोड भ्युजको माइलस्टोन पार गरेको हो । अब यो गीत युट्युबमा सर्वाधिक छिटो करोड भ्युज पाउने नेपाली गीत बनेको छ ।

यसअघि छिटो करोड भ्युज पाउने गीतको रेकर्ड ‘फुलबुट्टे सारी’को नाममा थियो । पल र मलिकाले अभिनय गरेको उक्त फिमेल भर्सनले १८ दिन यो सफलता हाँसिल गरेको थियो ।

स्मरण रहोस, यी दुवै गीतका फिमेल भर्सनले मात्र रेकर्ड राख्न सफल भएका हुन् । फिमेल भर्सन सार्वजनिक हुनु भन्दा पहिला दुवै गीत मेल भर्सनमा रिलिज भएर चर्चा बटुलिसकेका थिए । तर, रेकर्ड नै राख्ने गरि भ्युज पाएका थिएनन् ।

उर्गेन दोङको शब्द तथा संगीतमा तयार ‘टाढा भएपनि’ गीतमा अश्मिता अधिकारीले आवाज भरेकी छन् । 

विवेक रसाइलीको निर्देशन रहेको म्युजिक भिडियोमा उज्ज्वल जोशीको छायांकन र सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्