‘डिसेम्बर फल्स’पछि दोस्रो फिल्ममा आर्यन र उपासना !



रंगखबर, काठमाडौँ – अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी यति बेला फिल्म ‘डिसेम्बर फल्स’को सुटिङमा व्यस्त छन् । यो फिल्मको ७० प्रतिशत छायांकन सकिएको छ । 

‘तस्विर: ‘डिसेम्बर फल्स’

‘डिसेम्बर फल्स’मा पहिलो पटक जोडी बाँधेका आर्यन र उपासना नयाँ फिल्म ‘मिरर’मा अनुबन्धित भएका छन् । नृत्य निर्देशक कविराज गहतराजले यहि फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।

‘आर्यन जी फिल्ममा अनुबन्धित भैसक्नु भएको छ । उपासनाले पनि लगभग सहमति जनाइसक्नु भएको छ ।’ निर्देशक गहतराजले भने ।

बैशाखबाट छायांकनमा जाने फिल्मको केहि दिनमा आधिकारिक घोषणा गरिने जानकारी दिइएको छ । 

नेपाली फिल्मको नृत्य कोरियोग्राफीमा कविराज नौलो नाम होइन । करिब डेढ दशकको अवधिमा कविराजले डेढ सय बढी फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्