हलमा रिलिज भयो ‘गोर्खे’, निर्माता भन्छन ‘माहोल बनाउन रिलिज गरेका हौँ’



रंगखबर, काठमाडौँ – फिल्म ‘गोर्खे’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । किम्मत गौतम निर्देशित ‘गोर्खे’ यो वर्ष रिलिज हुने दोस्रो फिल्म हो ।

कोरोना महामारी प्रभावित बनेको नेपाली बक्सअफिसमा यस भन्दा अगाडी ‘यस्तो एउटा प्रेम कहानी’ प्रदर्शनमा आएको थियो ।

एक्सन लभस्टोरी फिल्म ‘गोर्खे’मा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, एञ्जल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

‘कोरोनापछि फिल्म हल सुनसान छन् । अन्य क्षेत्रमा मान्छे जमघट सामान्य भैसकेको छ । त्यसैले हलमा दर्शक आउने माहोल बनोस भन्ने उद्येश्यले गोर्खे रिलिज गरेका छौँ । फिल्म नै नभएपछि हलमा दर्शक किन आउने ?’ फिल्मका निर्माता हरी लामाले प्रश्न गरे ।

निर्माता लामाका अनुसार यो फिल्म राजधानीका लगभग सम्पूर्ण हलबाट प्रदर्शनमा आएको छ । यस्तै मोफसलमा ३० भन्दा बढी हलले फिल्म प्रदर्शन गरेका छन् । आगामी दिनमा फिल्मको व्यापार हेरेर हल संख्या बढाउने लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्