भोजपुरी फिल्ममा शिल्पाको डेब्यु, रिलिज भयो ‘जय शम्भु’ ट्रेलर



रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेलको भोजपुरी डेब्यु फिल्म ‘जय शम्भु’को ट्रेलर रिलिज गरिएको छ । 

शनिबार मुम्बईमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा शिल्पालाई पहिलो पटक मिडिया सामु सार्वजनिक गरियो । 

२ मिनेट २२ सेकेण्ड लामो ट्रेलर एक्सनले भरिपूर्ण छ । फिल्ममा शिल्पाका अलावा प्रदीप पाण्डे (चिन्टु), देव सिंह, धुर्ब कोइराला ,अनुप अरोरालगायतका कलाकारहरु मुख्य भूमिका छ ।

सोनु खत्रीले निर्माण र निर्देशन गरेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, हरि लामाको छायांकन, ओम झा/सुदाम थापाको संगीत, बन्दे प्रसादको सम्पादन, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद छ ।

पशुपतिनाथ प्रोडक्सनको व्यानरमा निर्मित फिल्मका सह-निर्मातामा साजन रे, विनोद कुमार ठाकुर र भारत शाह छन् ।

नेपाली फिल्ममा सफल शिल्पाको यो भोजपुरी डेब्यु चलचित्र हो । अहिले शिल्पा भोजपुरी फिल्म ‘प्रेमगीत २’को छायांकनमा व्यस्त छिन ।

शिल्पाले नेपाली सुपरहिट फिल्म ‘लज्जा’बाट डेब्यु गरेकी थिइन् । त्यसयता ‘हवल्दार सुन्तली’, ‘फागु’, ‘किस्मत २’, ‘मङ्गलम’ जस्ता चर्चित फिल्ममा अभिनयको जादु छरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्