छायांकनको लागि जुम्ला निस्कियो प्रदीपको ‘प्रकाश’ टिम



रंगखबर, काठमाडौँ – ‘प्रेमगीत’ फेम्ड अभिनेता प्रदीप खड्काले नयाँ फिल्म ‘प्रकाश’को छायांकन सुरु गरेका छन् ।

शुक्रबार निर्माण पक्षले मनकामना मन्दिरमा पूजाआजा गरेर छायांकनका निमित्त जुम्ला प्रस्थान गर्यो । दिनेश राउतको निर्देशनमा बन्ने फिल्ममा प्रदीपसँग नव-अभिनेत्री रेनु योगीले जोडी बाँध्नेछिन ।

शिक्षक बन्न संघर्षरत युवाको कथा बोल्ने फिल्ममा प्रदीपले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

विकास सुवेदीको कथा रहने फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बिसी, गोविन्द सुनवार, दीपेन्द्र शाही, प्रशान्त श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय रहनेछ ।

सन् २०२१ भित्रै रिलिज लक्ष्य राखिएको फिल्ममा ताराप्रकाश लिम्बु/एलिस कार्की/दीपक शर्माको संगीत, राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन रहनेछ ।

फिल्ममा महेन्द्र अधिकारीको लगानी रहने फिल्मका कास्टिङ डाइरेक्टर अनुप बराल हुन् ।

प्रतिक्रिया दिनुहोस्