‘ओकिली ओकिली’ गायकको नयाँ गीत ‘उडायो’ सार्वजनिक ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक अनिश सापकोटा ‘ओकिली’ले नयाँ गीत ‘उडायो’ सार्वजनिक गरेका छन् । गीतमा ओकिलीकै शब्द, संगीत तथा स्वर रहेको छ ।

अनिश तिनै गायक हुन्, जो दुई दशक अगाडीको सुपरहिट गीत ‘ओकिली ओकिली’ गाएर चर्चामा आएका थिए । उक्त गीतको सफलतापछि अनिशले ओकिली ब्याण्ड सुरु गरे । पछिल्लो समय उनले आफुलाई अनिश ओकिली नामबाट चिनाइरहेका छन् ।

अनिशले सार्वजनिक गरेको ‘उडायो’ गीतको भिडियोमा निश्चल कार्की, सदिक्षा शर्मा र मनिष बस्नेत फिचर्ड छन् । 

राजन इशानको एरेञ्ज रहेको गीतको भिडियो निर्देशन राजन आफै र बिजेश पौडेल मिलेर गरेका हुन् । गीतमा संजय लामाको छायांकन, सन्तोष भुजेलको कोरियोग्राफी र बिजेश पौडेलको सम्पादन छ ।

शुक्रबार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा योगेश्वर अमात्य, जेम्स प्रधान, सत्यराज आचार्य, स्वरुपराज आचार्य, राजनराज शिवाकोटीलगायत सफलताको शुभकामना व्यक्त गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्