एलिशा र सागरको मस्ती मूड ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायकद्वय नबिन कटुवाल र अल्बिन मगरको संयुक्त स्वर सजित गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक गरिएको छ ।

डान्सिङ बिटको यस पप गीतमा अल्बिन मगरकै शब्द तथा संगीत छ । भने, अल्मोडा रानाले एरेञ्ज गरेका छन् ।

सुमन सिङ्गधन लामाले निर्देशन गरेको म्युजिक भिडियोमा एलिशा शर्मा र सागर परियारलाई देख्न सकिन्छ । गीतमा दुवै जना मस्ती मूडमा देखिएका छन् ।

गीतको भिडियोमा अतिश जैरोले कोरियोग्राफी गरेका छन् ।

मगर पुन म्युजिक प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अनिल के मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन तथा रंग संयोजन र दिप्सन परियारको शृंगार रहेको छ ।

यो म्युजिक भिडियोलाई एक्स-डिक्याम मोसन पिक्चर्सले तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्