चलचित्र उपकरण संघमा विश्व प्रकाशको नेतृत्व



रंगखबर, काठमाडौँ – नेपाल चलचित्र उपकरण संघले नयाँ नेतृत्व पाएको छ । शनिबार चलचित्र बिकास बोर्डमा आयोजितको संघको १३ औँ साधारण सभामा विश्व प्रकाश गौचनको नेतृत्वले सपथ ग्रहण गर्यो ।

गत असोज ५ गते नै संघको नयाँ नेतृत्व सर्वसम्मत पारित भएको थियो । तर, कोभिड-१९ को जोखिमले गर्दा नयाँ कार्यसमितिले सपथ लिन पाएको थिएन ।

विश्व प्रकाश गौचन अध्यक्ष रहेको संघमा रमेश बुढाथोकी उपाध्यक्ष, केशव घिमिरे महासचिव र जीवन थापा कोषाध्यक्ष चयन भएका छन् । यस्तै सदस्यहरुमा माधव थापा, रुद्र गुरुङ, विश्व कल्पित, राजन पुरी, मनोज राजभण्डारी, चेतनाथ तिमिल्सिना र शान्तिराम थापा सर्वसम्मत चयन भएका छन् ।

संघको सपथ ग्रहण समारोहमा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । सपथ ग्रहण पनि अध्यक्ष दाहालले संघको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्