तिहारमा प्रमोदको ‘ए’ प्रदर्शन हुने



रंगखबर, काठमाडौँ – भोमन कटुवालको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘ए’को रिलिज डेट घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार यो फिल्म तिहारमा रिलिज हुनेछ ।

प्रमोद अग्रहरी, रिस्ता बस्नेत, छुल्ठिम गुरुङ, सोहित मानन्धर, दुर्गेश थापा, रवी गिरीलगायतका कलाकारहरुले अभिनय गरिरहेको फिल्म कुन डेटमा आउने भन्ने निश्चित भइसकेको छैन । केहि दिनमा डेट पनि फिक्स गरिने फिल्मका वितरक करण श्रेष्ठले जानकारी दिए ।

सस्पेन्स थ्रिलर फिल्मलाई जीजीए ग्रुपले अलनेपाल वितरणको जिम्मा लिएको छ । यो फिल्म विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको छ ।

केहि दिन अगाडीदेखि छायांकनमा निस्किएको फिल्ममा राकेश रनपालको कथा र भोमन कटुवालको पटकथा/संवाद छ । 

मोहनकुमार झिल्लुले खिचिरहेको फिल्ममा सुरेश गैरेले संगीत, राजु किराँतले एक्सन र अनिलकुमार महर्जनले सम्पादनको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्