थलाइवी ट्रेलर: जयललिताको भूमिकामा दमदार कंगना



रंगखबर, काठमाडौँ – बलिउड क्विन कंगना रनाउत अभिनित फिल्म ‘थलाइवी’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार परेको ३४ औँ जन्मदिनको अवसर पारेर उपहार स्वरुप यो फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

३ मिनेट २२ सेकेण्ड लामो ट्रेलरमा कंगनाले दमदार रुपमा प्रस्तुत भएकी छन् । यो फिल्म तामिलनाडुकी अभिनेत्री तथा मुख्यमन्त्री स्वर्गीय जयललिताको जीवनीमा आधारित छ । फिल्ममा कंगना जयललिताको भूमिकामा छिन ।

जयललिताको भूमिकामा कंगनाले आफुलाई खरो उतारेकी छन् । जयललिता सुपरस्टारहुँदै कसरी एक सफल राजनितिज्ञ बनिन् त ? ट्रेलरमा सुपरस्टारहुँदै मुख्यमन्त्रिसम्मको परिवर्तनलाई देखाइएको छ ।

विजयले निर्देशन गरेको यो फिल्ममा कंगनासँगै अरविन्द स्वामी, नस्सर, भाग्यश्री, राज अर्जुन, मधु बालालगायतका कलाकारहरुको अभिनय छ ।

विष्णु वर्धन इन्दुरी र शाइलेश आर सिंहले निर्माण गरेको फिल्म २३ अप्रिलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्