‘हेरिटेज अफ फेसन नेपाल’को दोस्रो सिजन पोखरामा



रंगखबर, काठमाडौँ – ‘हेरिटेज अफ फेसन नेपाल’को सिजन २ पोखरामा आयोजना हुने भएको छ ।

युएई, अस्ट्रेलिया र युरोपमा समेत आयोजना हुने यस फेसन शोको पोखरा समारोह जेठ २२ मा सम्पन्न हुने शोका संचालक सन्तोष अधिकारीले जानकारी दिए ।

दोस्रो सिजनको लागि अहिले धमाधम तयारी थालिएको आयोजकले बताएको छ । नेपाली र विदेशी मोडलहरुको सहभागिता रहने फेसन शोले कोरोना कालमा पनि नेपाली कला र संस्कृतिलाई प्रर्वद्धन गर्ने आयोजक पक्षले विश्वास छ ।

मार्च १५ मा आयोजना हुने भनिएको शो कोरोना महामारीका कारण पुर्वनिर्धारित समयमा आयोजना हुन सकेको थिएन । 

यस बीचमा आयोजक संस्था असाप इन्टरटेनमेन्टले केहि दिन अगाडी राजधानीमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम पनि आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, संन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के खनाल, देव कुमार श्रेष्ठ, मेघा मोडल, सिजन ४ विजेता पुजा बराल लगायतका थुप्रै मोडलको सहभागीता रहेको थियो ।

कोरोना कालमा पनि नेपाली फेसनलाई चलायमान बनाउन आयोजकले खेलेको भूमिकालाई उपस्थित पाहुनाहरुले राम्रो भनेका थिए ।

सञ्चालक अधिकारी सह-निर्माता रहेका फिल्महरु ‘आमा, घर’ रिलिज भैसकेका छन्, भने ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्