‘प्रेमगन्ज’ पनि फ्लोरमा



रंगखबर, काठमाडौँ – कोरोना महामारीको दोस्रो लहर चल्दै गर्दा अधिकांस कामकाजहरु बन्द हुने संकेत देखा पर्न थालेका छन् ।

तस्विर: गूगल

सरकारले तीन महिना अगाडीदेखि संचालनमा आएका हलहरु पनि बन्द गर्न निर्देशन दिइसकेको अवस्थामा नेपाली फिल्मको छायांकन धमाधम सुरु हुन लागेका छन् ।

सोमबार मात्रै दुई फिल्म फ्लोरमा निस्किएका छन् । अभिनेत्री अदिति बुढाथोकी र अभिनेता धिरज मगरको मुख्य भूमिका रहने ‘बाबरी’ पुर्वको लेटाङबाट छायांकनमा निस्किएको छ ।

यस्तै अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘प्रेमगन्ज’को छायांकन काभ्रेबाट सुरु भएको छ ।

परिच्छेद सेनले निर्देशन गरिरहेको यस फिल्ममा बेनिशाका अलावा तेज गिरी, सुप्रिया खनाल, ,राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

४० दिनको छायांकन सेड्युल निकालेको चलचित्रलाई संजय लामाले काभ्रे र काठमाडौँमा खिच्नेछन् ।

चलचित्र चौतारीको व्यानरमा निर्माण भइरहेको फिल्ममा राजु फुयाँलको लगानी छ । भने, अनन्तमान श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । 

प्रतिक्रिया दिनुहोस्