विक्रमको ‘ज्यानलाई भो खतरा’मा शिल्पा र रविन्द्र ~ भिडियो



रंगखबर, काठमाडौँ – गायक बिक्रमजंग शाहले नयाँ गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरेका छन् । रोमान्टिक नम्बरमा बिक्रमजंगसँगै गायिका अन्जु पन्तको स्वर छ ।

लेखु सहयात्रीको शब्द सिर्जना रहेको गीतमा सुवाष भुषालको संगीत छ । भने, पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको छ ।

मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन छ भने, गोबिन्द राईले कोरियोग्राफीको काम सम्हालेका छन् ।

गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रविन्द्र रिमाल फिचर्ड छन् । सार्वजनिक गीतलाई लिएर गायक शाह निक्कै उत्साहित हुँदै भन्छन ‘मिहेनत गरेर दर्शकको लागि एउटा राम्रो कोशेली पस्किने कोशिस गरेका छौँ । आशा दर्शकले मन पराइदिनु हुनेछ ।’

रामेश्वर हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन तथा रंग संयोजन छ । छायांकार हुमागाईंले मुस्ताङ आसपासको दृश्यलाई सुन्दर रुपमा कैद गरेका गरेका छन् ।

सिता तामाङ केसीले मेकअप, राजेन्द्र कमल राईले ड्रेस डिजाइन र सुन्दर श्रेष्ठ (आइडियल)ले पोस्टर डिजाइनको काम गरेका छन् ।

गीतको भिडियोलाई सबस्त ईन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

टिकटक प्रयोगकर्ताको लागि अवसर

‘ज्यान भो खतरा’ बोलको गीतले टिकटक प्रयोगकर्ताको लागि सुवर्ण अवसर ल्याएको छ । गायक बिक्रम जंग शाहका अनुसार यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एक जनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिइनेछ । यो सुवर्ण अवसर प्राप्त गर्नलाई यो गीतमा टिकटक बनाएर ह्याजट्याग ‘ज्यानलाई खतरा’ लेखेर पोस्ट गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्