शिल्पा र प्रदीपको ‘प्रेमगीत २’ ट्रेलर रिलिज



अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर रिलिज गरिएको छ ।

एक्सन लभस्टोरी फिल्ममा शिल्पा र भोजपुरी नायक प्रदीप पाण्डे (चिन्टु)को मुख्य भूमिका छ । फिल्मको कथा यी दुई पात्रको वरिपरी घुम्ने ट्रेलर हेरेर अनुमान लगाउन सकिन्छ ।

यो फिल्मको निर्माण तथा निर्देशन सोनु खत्रीले गरेका हुन् । एबी मोहन फिल्मका लेखक हुन् ।

फिल्ममा शिल्पा र प्रदीपका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह (मत्रु), सिपी भट्ट, सुधा जालगायतका कलाकारहरुको अभिनय छ ।

ओम झाको संगीत रहेको ‘प्रेमगीत २’मा श्री श्रेष्ठको एक्सन, हरि घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन र कविराज गहतराज, शिव बिके, रिकी गुप्ता, बिबेक थापाको कोरियोग्राफी हेर्न सकिनेछ ।

भोजपुरी ‘प्रेमगीत’ सिरिजको पहिलो फिल्ममा प्रदीप पाण्डे र यामिनी सिंह मुख्य भूमिकामा थिए । 

प्रतिक्रिया दिनुहोस्