निफमा सरिता र नविनको अभिनय उत्कृष्ट (विजेता सुची)



रंगखबर, काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘निफ’को चौथौं संस्करण समापन भएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ५ दिनसम्म भर्चुअल रुपमा आयोजित फेस्टिभलमा बिभिन्न देशका उत्कृष्ट फिल्मले अवार्ड जितेका छन् ।

अन्तर्राष्ट्रिय फिचर फिल्म तर्फ भारतीय फिल्म ‘डिक्स्नेरी’ उत्कृष्ट सावित भयो । बात्र्या बसु निर्देशित फिल्मले ‘गौतम बुद्ध’ अवार्ड र १५ सय डलर जित्न सफल भयो ।

फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धामा ढोन्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट सावित भयो । यो फिल्मले नगद १ लाख हात पार्यो । यहि फिल्मबाट निर्देशक छिरिङले उत्कृष्ट निर्देशनको अवार्ड पनि जिते ।

यस्तै पटकथामा ‘सरिता- टेल मि हु आइएम’बाट सर्जियो बासोले अवार्ड जित्दा सिरिष गुरुङले फिल्म ‘लाटोकोसेरो’बाट उत्कृष्ट छायांकनको अवार्ड हात पारे ।

फिचर फिल्म ‘लाटोकोसेरो’बाटै सरिता गिरी र नविन शिल्पकारले उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड जित्न सफल भए ।

फेस्टिभलमा कोभिड – १९ विषयक ‘सिभिल सोल्डर्स’ उत्कृष्ट फिल्म घोषित भयो । यो फिल्मले ५ सय अमेरिकी डलर र ट्रफी जित्न सफल भयो ।

राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’ले उत्कृष्ट लघु फिल्मको राष्ट्रिय अवार्ड जित्दा दक्षिण कोरियाको ‘गड्स डटर डान्सेस’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लघु फिल्मको अवार्ड हात पार्यो । सङ्गबिन बुनले निर्देशन गरेको ‘गड्स डटर डान्सेस’ले ५ सय डलर र बागमती अवार्ड जित्दा ‘अ स्केरक्रो’ले ५० हजार नगद प्राप्त गर्यो ।

मन्जुश्री अवार्डको उत्कृष्ट एनिमेटेड फिल्म ‘उबरफ्रग’ घोषित भयो । टुओमस कुर्टाको निर्देशित फिल्मले ७ सय ५० डलर पनि प्राप्त गर्यो । 

यस्तै स्विजरल्याण्डका निर्देशक एड्रीनो जेका निर्देशित ‘रिटर्न टु द लस्ट इडन’ले माउन्ट एभरेस्ट वृत्तचित्र अवार्ड प्राप्त गर्‍यो ।

‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’ले प्रदान गर्ने ‘FFS Don Quijote Award’ भने टर्कीको ‘इन माई ड्रिम’ले जित्यो । यो फिचर फिल्मलाई मुरत केरीले निर्देशन गरेका हुन् ।

बिभिन्न विधामा अवार्ड जित्ने फिल्महरु 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

कोभिड – १९ विषयक फिल्म: सिभिल सोडर्स – नेपाल
सर्वोत्कृष्ट फिचर फिल्म:  डिक्स्नेरी – भारत
सर्वोत्कृष्ट वृतचित्र: रिटर्न टु द लस्ट इडन – स्विजरल्याण्ड 
सर्वोत्कृष्ट एनिमेटेड फिल्म: उबरफ्रग – फिनल्याण्ड 
सर्वोत्कृष्ट लघु फिल्म: गड्स डटर डान्सेस – दक्षिण कोरिया 
IFFS Don Quijote Award: इन माई ड्रिम – टर्की 

राष्ट्रिय प्रतिस्पर्धा 


उत्कृष्ट फिचर फिल्म: आमा खान्डो
उत्कृष्ट निर्देशक: आमा खान्डो 
उत्कृष्ट लघु फिल्म: जुलुङ्गो
उत्कृष्ट पटकथा: सरिता- टेल मि हु आइएम
उत्कृष्ट छायांकन: लाटोकोसेरो 
उत्कृष्ट अभिनेत्री: लाटोकोसेरो 
उत्कृष्ट अभिनेता: लाटोकोसेरो 

प्रतिक्रिया दिनुहोस्