अक्षयको ‘बेल बटम’ आगामी महिना हल मै रिलिज हुने



रंगखबर, काठमाडौँ – कोरोना महामारीका बीच हल खुल्ने टुंगो छैन । तर, बलिउड फिल्म ‘बेल बटम’को रिलिज डेट तय गरिएको छ ।

अभिनेता अक्षय कुमारले आफु अभिनित फिल्म हल मै रिलिज हुने जानकारी दिएका छन् । अक्षयले इन्स्टाग्राममा फिल्मको लोगो भिडियो शेयर गर्दै ‘बेल बटम’ जुलाई २७ तारिखमा रिलिज हुने जानकारी दिएका हुन् ।

भारतमा बिस्तारै कोरोना संक्रमित संख्या घट्दै गएपछि निर्माण पक्ष आशावादी हुँदै जुलाईमा रिलिज घोषणा गरेको हो । 

अब हेर्न बाँकी छ, आउँदो डेढ महिनाको अन्तरालमा भारत सरकारले हल खोल्न अनुमति दिन्छ या दिदैंन ? 

रञ्‍जित एम तिवारीले निर्देशन गरेको यो फिल्म कोरोनाको पहिलो लहरमा छायांकन गरिएको थियो । राम्रो हाइप बनाएको फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिजको तयारी गरिएपनि हलमा दर्शक आउने वातावरण बनाउन हल मै रिलिजको निर्णय गरिएको हो ।

यो फिल्ममा अक्षयका साथै वाणी कपूर, हुमा कुरेशी, लारा दत्तलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्