‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक आरिफले गरे विवाह



रंगखबर, काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक आरिफ राउफले विवाह गरेका छन् । उनले फिल्म निर्माता तथा कलाकार तैयब शाहकी छोरी नेहा बानु शाहसँग विवाह गरेका हुन् ।

सोमबार बेहुलीको पोशाकमा सजिएकी छोरीसँगको तस्विर पोस्ट गर्दै तैयब लेख्छन, ‘आज​ मेरो जिब​न​को खुसिको दिन​, छोरीलाई बिदाई ग​र्ने दिन​, ब​धाई छ​ ।’

आरिफ र नेहाले गत वर्षको जुलाई ५ मा इन्गेजमेन्ट सम्पन्न गरेका थिए । यी दुईले मुस्लिम परम्परा अनुसार विवाह गरेका हुन् ।

विवाहपछि आरिफ र नेहालाई आफन्त र नजिकका साथि भाईहरुले वैवाहिक जीवनको शुभकामना दिएका छन् ।

‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजनका प्रतिस्पर्धी राउफ फाइनलसम्म पुगेका थिए । तर, उनि समग्रमा चौथों स्थानमा रहे ।

‘द भ्वाइस’बाट चर्चा कमाएपछि आरिफले केहि गीतमा आवाज दिएका छन् । उनको बोल्ड भ्वाइसको थुप्रै फ्यानहरु छन् ।

प्रतिक्रिया दिनुहोस्