मनिषाको हातमा भन्सालीको ‘हिरामन्डी’ र ‘अला बैकुण्ठपुर्रमुलू’को रिमेक



रंगखबर, काठमाडौँ – अभिनेत्री मनिषा कोइराला दुई हिन्दी प्रोजेक्टमा अनुबन्धित भएकी छन् । तेलुगु ब्लकबस्टर फिल्म ‘अला बैकुण्ठपुर्रमुलू’को हिन्दि रिमेक र निर्देशक संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हिरामन्डी’मा मनिषा फाइनल भएकी हुन् ।

एकता कपूरको निर्माण र रोहित धवनको निर्देशन रहने ‘अला बैकुण्ठपुर्रमुलू’को हिन्दि रिमेकमा मनिषाले अभिनेत्री तबूले निर्वाह गरेकी भूमिकामा अभिनय गर्नेछिन ।

अल्लु अर्जुन र पूजा हेग्डेको भूमिकामा भने कार्तिक आर्यन र कृति सेनोनले अभिनय गर्दैछन् । भने, अन्य कलाकारमा अनुपम खेर र परेश रावल फाइनल भएका छन् ।

यस्तै संजयलीला भन्सालीको व्यानरमा निर्माण हुने नेटफ्लिक्स सिरिज ‘हिरामन्डी’मा मनिषाले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

यो सिरिजले भारत-पाकिस्तान सिमा क्षेत्रमा वेश्यालय संचालन गर्ने महिलाको जीवनीको कथा भन्नेछ । सिरिजमा मनिषासँगै सोनाक्षी सिन्हा र दिया मिर्जा पनि फाइनल भइसकेका छन् ।

हाल काठमाडौँमा रहेकी मनिषाको फिल्म ‘इन्डिया स्विट्स एण्ड स्पाइसेस’ रिलिजको क्रममा छ । हल खुलेपछि यो फिल्म रिलिज हुने बताइएको छ ।

अमेरिकाको न्युयोर्कमा यसै साता सम्पन्न ‘ट्रिबेका फिल्म फेस्टिभल’मा प्रिमियर यो फिल्मले तारिफ बटुलेको थियो । 

प्रतिक्रिया दिनुहोस्