फरहान र मृणाल स्टारर ‘तूफान’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ : फरहान अख्तर र मृणाल ठाकुर स्टारर फिल्म ‘तूफान’को अफिसियल ट्रेलर रिलिज भएको छ । प्रेरणादायी स्पोर्ट ड्रामालाई राकेश ओमप्रकाश मेहराले निर्देशन गरेका हुन् । ३ मिनेट ११ सेकेण्ड लामो ट्रेलरले एक स्थानीय गुण्डा अज्जु भाईको कथा भन्छ । अज्जु भाईको जीवनमा आएको परिवर्तन र एक गुण्डाबाट प्रोफेसनल बक्सर अजिज अलि बनेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।

यो फिल्मका लागि अभिनेता अख्तरले ८-९ महिना कडा परिश्रम गरेका थिए । यसअघि निर्देशक मेहता र अभिनेता अख्तरको सहकार्यमा बनेको फिल्म‘भाग मिल्खा भाग’ बक्सअफिसमा सुपरहिट बनेको थियो ।

‘तूफान’मा फरहानसँगै मृणाल ठाकुर, परेश रावल, सुप्रिया पाठक कपूर, हुसैन दलाल, डा: मोहन अगाशे, दर्शन कुमार, विजयराजलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मलाई १६ जुलाईमा अमेजन प्राइम भिडियोबाट विश्वका २४० वटा देशमा एकसाथ प्रिमियर गरिदैछ । ‘तूफान’ हिन्दी र अंग्रेजी भाषामा रिलिज गरिने बताइएको छ ।

ट्रेलर हेर्नुस :

प्रतिक्रिया दिनुहोस्